• जीवनशैली | Jiwanshaili
  • नेपालमा कोरोना बाट थप एक जनाको मृत्यु


    जेठ ४ गते, २०७७।

    नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको २५ बर्षीय पुरुषको कोभिड १९ का कारण मृत्यु भएको पुष्टी भएको हो । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टिनमै करिब ६ बजे युवकको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले बताएकाे छ । कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब सङ्कलन गरिएकाेमा निज रिपोर्ट पाेजेटिभ अाएकाे स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा विकास देवकाेटाले बताए । याे संगै नेपालमा काेराेना भाइरसका कारण मृत्यु हुनेकाे संख्या २ पुगेकाे छ ।

    यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप नेपालमा २४ घण्टा भित्र थप १३ जनामा कोराना भाइरसको संक्रमण देखिएको बताएको छ । स्वास्थ्य मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रबक्ता डा विकास देवकोटाले हाल सम्म ६ ओटा प्रदेश का २९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । संक्रमितमध्ये २३७ जना पुरुष रहेकाछन् भने ५५ जना महिला रहेका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या २ छ । हालसम्म नेपालमा कोरोनाभाइरस २८ जिल्लामा देखिएको छ । यो संगै नेपालमा ३६ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।

    नेपालमा हाल सम्म २८ हजार १ सय ६० जनामा पिसीआर टेष्ट गरिएका छ । विगत २४ घण्टा भित्र १ हजार ४ सय ६९ जनामा पिसिआर जाँच गरिएको छ । आरडीटी भने ६६ हजार ७सय ६९ जनामा टेष्ट गरिएको प्रबक्ता देवकोटाले बताए ।विगत २४ घण्टा भित्र २हजार सय २० जनामा आरडीटी जाँच गरिएको छ ।

    यस्तै प्रवक्ता देवकोटाले आइसोलेशनमा रहेका व्यक्तिहरु ३४६ जना भएको जानकारी दिए । आइसोलेशनमा रहेकाहरु संक्रमित र सम्भावित संक्रमित रहेको उनको भनाइ छ । हाल काठमाडौंमा ३५ जना र बाहिर ३११ जना रहेका आइसोलेसनमा रहेको उनले बताए ।



    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस