कपिलवस्तुमा ४५ जना क्वारेन्टाइनबाटै भागे
यशोधरा गाउँपालिकास्थित स्वास्थ्य निगरानीमा रहेका ४५ जना क्वारेन्टाइनबाटै भागेका छन् । यशोधरा गाउँपालिकामा रहेका दुईवटा क्वरेन्टाइनबाट उनीहरु भागेका हुन् । वडा नं. २ को खोरिया गाउँस्थित सरस्वती प्रावि क्वारेन्टाइनका २३ जना र राष्ट्रिय निमावि सिहोखोर क्वारेन्टाइनका २२ जना भागेको वडाध्यक्ष साबुद्दिन मुसलमानले बताए ।
भारतका विभिन्न सहरबाट आएका सबैलाई क्वारेन्टाइनमा नराखिएका कारण आफूहरु पनि क्वारेन्टाइन नबस्ने भन्दै उनीहरु भागेको गाउँका स्थानीयले बताए । क्वारेन्टाइनबाट भागेका सबै वडा नं. ८ खोरिया गाउँका हुन् ।
भागेका उनीहरुको खोजी गर्न मर्यादपुर प्रहरी चौकी र विओपी डंगरीका सुरक्षाकर्मीहरु खोरिया गाउँसम्म पुगेका छन् । यशोधरा गाउँपालिकामा हालसम्म फेला परेका संक्रमितहरु १२ जनामध्ये वडा नं. ८ का ५ जना छन् । भारतको कोरोना प्रभावित सहर मुम्बइ लगायत सहरबाट आएका युवाहरु क्वारेन्टाइनबाट भागेपछि खोरिया गाउँ र आसपासका सर्वसाधारणहरुमा कोरोना संक्रमण फैलनसक्ने त्रास बढेको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योती प्रकाश दुवेले बताए ।
यसबारे आफूहरुले गाउँपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराइसकेको स्वास्थ्य संयोजक दुवेले बताए । क्वारेन्टाइनबाट भागेकाहरुको खोजी गरी क्वारेन्टाइन फर्काउन सुरक्षाकर्मीहरुसँग समन्वय भइरहेको गाउँपालिका प्रमुख गिरिजेश पाण्डेयले बताए ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस