• जीवनशैली | Jiwanshaili
  • बेल्जियममा सोमबार थप २८को ज्यान गयो


    जेठ ५ गते, सोमबार

    कोरोना भाइरसबाट बेल्जियममा सोमबार एकै दिनमा थप २८ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ९ हजार ८० पुगेको छ । यस्तै संक्रमितको संख्या ५५ हजार नाघेको छ । आज २ सय ७९ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै बेल्जियममा हाल सम्म ५५ हजार ५ सय ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ४८ लाख मानीसमा भइसकेको छ भने ३ लाख १६ हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस