• जीवनशैली | Jiwanshaili
  • इरानमा सोमबार थप ६९को मृत्यु, संक्रमितको संख्या १ लाख २२ हजार नाघ्यो


    जेठ ५ गते, सोमबार

    कोरोना भाइरसबाट इरानमा सोमबार एकै दिनमा थप ६९ जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै इरानमा मृत्यु हुनेको संख्या ७ हजार ५७ पुगेको छ । यस्तै संक्रमितको संख्या १ लाख २२ हजार नाघेको छ । आज २ हजार २ सय ९४ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म १ लाख २२ हजार ४ सय ९२ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ४८ लाख मानीसमा भइसकेको छ भने ३ लाख १६ हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस