• जीवनशैली | Jiwanshaili
  • स्वास्थ्य मन्त्रालय प्रेस ब्रिफिङः ३१ जिल्लामा संक्रमण, २४ घण्टा भित्र थप ६६ जनामा पुष्टी


    जेठ ५ सोमबार,२०७७।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप नेपालमा २४ घण्टा भित्र थप ६६ जनामा कोराना भाइरसको संक्रमण देखिएको बताएको छ । स्वास्थ्य मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रबक्ता डा विकास देवकोटाले हाल सम्म ६ ओटा प्रदेश का ३५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । संक्रमितमध्य २९८ जना पुरुष रहेकाछन् भने ५९ जना महिला रहेका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या २ छ । हालसम्म नेपालमा कोरोनाभाइरस ३१ जिल्लामा देखिएको छ । यो संगै नेपालमा ३६ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।

    नेपालमा हाल सम्म ३० हजार ७ सय २३ जनामा पिसीआर टेष्ट गरिएका छ । विगत २४ घण्टा भित्र २ हजार ५ सय ५८ जनामा पिसिआर जाँच गरिएको छ । आरडीटी भने ६९ हजार ७सय ६९ जनामा टेष्ट गरिएको प्रबक्ता देवकोटाले बताए ।विगत २४ घण्टा भित्र १हजार ७सय ९१ जनामा आरडीटी जाँच गरिएको छ ।

    यस्तै प्रवक्ता देवकोटाले आइसोलेशनमा रहेका व्यक्तिहरु ४१२ जना भएको जानकारी दिए । आइसोलेशनमा रहेकाहरु संक्रमित र सम्भावित संक्रमित रहेको उनको भनाइ छ । हाल काठमाडौंमा २६ जना र बाहिर ३८६ जना रहेका आइसोलेसनमा रहेको उनले बताए ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस