• जीवनशैली | Jiwanshaili
  • सुनसरी बाहेक तराईका सबै जिल्लामा कोरोना भाइरसको संक्रमण (तालिका सहित)


    विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवलको कोरोना भाइरसबाट नेपालका ३१ जिल्लामा संक्रमण देखिसकेको छ । नेपालको तराई क्षेत्र यसबाट धरै प्रभावित बनेको छ । तराई क्षेत्रमा रहेको २१ जिल्ला मध्ये २० जिल्लामा यस भाइरसकाे संक्रमण फैलिसकेको छ ।

    सुनसरी जिल्ला बाहेकका सबै जिल्लामा कोरोना भाइरसको संक्रमण देखिसकेको छ । हाल सम्म कोरोना भाइरसका ३५७ संक्रमित रहेकोमा तराईमा मात्रै ३०३ जना रहेका छन् ।

    पर्सामा सबै भन्दा बढी ९१ जना यस भाइरसबाट संक्रमति भएका छन भने बाँकेमा ८१ जना संक्रमित भइसकेका छन् । यस्तै कपिलवस्तु ४२ जना, रुपन्देहीमा २८ जना, रौतहट २२ जना,धनुषामा ६ जना, बारा, दाङ र कैलालीमा ४ -४ जना, चितवन, महोत्तरी, मोरङ र सर्लाहीमा ३ -३ जना, बर्दिया र झापामा २ -२ जना, कञ्चनपुर ,नवलपरासी पूर्व, , नवलपरासी पश्चिम ,सप्तरी ,  सिराहामा १- १ जनामा संक्रमण देखिसकेको छ । हाल सम्म यस भाइरसबाट नेपालमा २ जनाको ज्यान गएको छ ।

    जिल्लासंक्रमितमृत्युनिको
    पर्सा९१
    बाँके८१
    कपिलवस्तु४२
    रुपन्देही२८
    रौतहट२२
    धनुषा
    बारा
    दाङ
    कैलाली
    चितवन
    महोत्तरी
    मोरङ
    सर्लाही
    बर्दिया
    झापा
    कञ्चनपुर
    नवलपरासी पूर्व
    नवलपरासी पश्चिम
    सप्तरी
    सिराहा
    जम्मा३०३१३

    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस