• जीवनशैली | Jiwanshaili
  • फेरी थपिए थप १८ संक्रमित, नेपालमा ३७५ जनामा काेराेना


    नेपालमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धुनषा निवासी २ पुरुषहरु, खोटाङ, हलेसी निवासी १ जना पुरुष, बाँकेको नैनापुर निवासी १२ जना पुरुषहरु, दैलेख आठबिस–१ निवासी १ जना पुरुष, सुनसरी निवासी १ जना पुरुष र झापा निवासी एक जना पुरुष रहेका छन् । हालसम्म प्राप्त विवरण अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

    योसँगै नेपालमा संक्रमितको कूल संख्या ३ सय ७५ पुगेको छ । यसअघि आज ६२ जनामा कोरोनाभाइरसको सक्रमण पुष्टि भएको थियो । सोमबार एकै दिन सर्वाधिक ८० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

    Image may contain: text

    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस