स्वास्थ्य मन्त्रालय प्रेस ब्रिफिङः३८ जिल्लामा संक्रमण, २४ घण्टा भित्र थप २५ जनामा पुष्टी
जेठ ७ गते, बुधबार, २०७७।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप नेपालमा २४ घण्टा भित्र थप २५ जनामा कोराना भाइरसको संक्रमण देखिएको बताएको छ । स्वास्थ्य मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रबक्ता डा विकास देवकोटाले हाल सम्म ६ ओटा प्रदेश का ४२७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । संक्रमितमध्य ३५८ जना पुरुष रहेकाछन् भने ६९ जना महिला रहेका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या २ छ । हालसम्म नेपालमा कोरोनाभाइरस ३८ जिल्लामा देखिएको छ । यो संगै नेपालमा ४५ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।
नेपालमा हाल सम्म ३५ हजार ४ सय ९४ जनामा पिसीआर टेष्ट गरिएका छ । विगत २४ घण्टा भित्र २ हजार ४ सय ८८ जनामा पिसिआर जाँच गरिएको छ । आरडीटी भने ७५ हजार ७२ जनामा टेष्ट गरिएको प्रबक्ता देवकोटाले बताए । विगत २४ घण्टा भित्र ३ हजार २१० जनामा आरडीटी जाँच गरिएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस