• जीवनशैली | Jiwanshaili
  • सातै प्रदेशका ३८ जिल्लामा काेराेना, कुन प्रदेश र जिल्लाका कति ? (तालिका सहित)


    जेठ ९ गते, शुक्रबार।

    नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान बिज्ञप्ति जारी गर्दै नवलपरासी, चितवन, कपिलवस्तु र सर्लाहीमा गरी थप ३० जनामा संक्रमण देखिएको जनाएको हो ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षण अनुसार ३० जनामा नयाँ संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
    देशको ७ ओटै प्रदेशमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सात प्रदेशका ३८ जिल्लाका मानीसहरुमा कोरोना भाइरसको संक्रमण देखिसकेको छ । समाचार तयार पार्दा सम्म प्रदेश नंम्बर ५ मा सबै भन्दा बढी २ सय १५ जनामा कोरोना भाइरसको संक्रमण देखि सकेको छ । प्रदेश ५ का ८ जिल्लामा देखिएको यस भाइरसबाट सबै भन्दा बढी बाँकेमा प्रभावित गरेको छ । हाल सम्म बाँकेमा १ सय १ जनामा कोरोना भाइरसको संक्रमण देखिसकेको छ । यस जिल्लामा हाल सम्म १ जनाको ज्यान समेत गइसकेको छ ।

    यसै गरी कोरोना भाइरस बाट प्रदेश नं २ का सबै ८ जिल्लामा यस भाइरसको संक्रमण देखिएको छ । हाल सम्म यस प्रदेशमा १ सय ५० जना संक्रमित भएका छन् । पर्सामा सबै भन्दा बढी ९१ जनामा संक्रमण देखिएको छ ।
    यसै गरी प्रदेश १ मा ७ जिल्लाका ८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यस्तै बागमती प्रदेशका १० जिल्लाका २९ जना, गण्डकी प्रदेशका २ जिल्लाका ३ जनामा, सुदुर पश्चिम प्रदेशका २ जिल्लाका ५ जना र कर्णाली प्रदेशका १ जिल्लाका १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    यस भाइरसबाट प्रदेश नंम्बर तीनमा १ जना र प्रदेश नंम्बर ५ मा २ जना गरी तीन जनाको ज्यान लिइसकेको छ । समाचार तयार पार्दा सम्म ४९ जना संक्रमित निको भएर घर फर्केका छन् ।

    प्रदेशजिल्लासंक्रमितमृत्युनिको
    झापा३५
     उदयपुर३३२३
     धनकुटा
     मोरङ
     सुनसरी
     भोजपुर
     खोटाङ
      ८४२६
    पर्सा९१
     रौतहट२२
     सर्लाही२०
     धनुषा
     बारा
     महोत्तरी
     सप्तरी
     सिराहा
      १५०
    बागमतीकाठमाडौं१२
     चितवन
     भक्तपुर
     धादिङ
     मकवानपुर
     काभ्रेपलाञ्चोक
     ललितपुर
     रामेछाप
     सिन्धुली
     सिन्धुपाल्चोक 
      २९११
     बागलुङ
    गण्डकीलमजुङ
      
    बाँके१०१
     कपिलवस्तु६९
     रुपन्देही२९
     दाङ
     नवलपरासी पश्चिम
     नवलपरासी पूर्व
     बर्दिया
     गुल्मी
      २१५
    कर्णालीदैलेख
      
    सुदुरपश्चिमकैलाली
     कञ्चनपुर
      
     जम्मा४८७४९

    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस