नेपालमा शुक्रबार थप २० जनामा कोरोना, संक्रमितको संख्या ५०७ पुग्यो
जेठ ९ गते, शुक्रबार।
नेपालमा शुक्रबार थप ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटा ले थप २० अहिले र बिहान ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए । यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५०७ पुगेको छ ।
सेती प्रदेशिक अस्पतालमा गरीएको परिक्षणमा कैलालीका ३ जना पुरूष, डडेलधुराका १ जना पुरूष,बैतडीका १ जना,बाँकेका १४ जना पुरूषमा कोरोना भाइरस देखिएको बताइएको छ । यसै गरी माेरङमा १ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे हाे ।
यस अघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षण अनुसार ३० जनामा नयाँ संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको थियाे ।
संक्रमितहरु नवलपरासी विनय त्रिवेणी गाउँपालिका ६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला, नवलपरासी सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३, १८ निवासी ३३ र ३५ वर्षीय पुरुष र १५ वर्षीया महिला छ्न् ।
त्यस्तै कपिलवस्तु वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुषहरु र ८ वर्षीय बालिका छिन् ।
त्यसैगैरी सर्लाही, गोडैता नगरपालिका ८,९, ११, १३,१४ र रामनगर बहुअर्वा गाउँपालिक–७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुषहरु रहेको छन् भने एक जना १८ वर्षीय महिला रहेको थियो ।
हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । संक्रमितहरूमा ४ सय ३३ पुरूष र ७४ जना महिला रहेका छन् । यसै गरी हाल सम्म् ७० जना डिस्चार्ज भइसकेको जनाएको छ । २१ जना विरामी निकाे भएर घर फर्केका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस