कोरोना अपडेट गएकाे २४ घण्टामा विश्वमा कहाँ के के भए? हेर्नुहोस् जेठ १० गते (तालिका सहित)
जेठ १० गते ,शनिबार।
विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ५२ लाख पुगेको छ । शनिबार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ५२ लाख ९७ हजार ९७१ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ३ लाख ३९ हजार ४१३ पुगेको छ । विश्वको २१३ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ । एकै दिन १ लाख ७ हजार ४ सय ८० जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ५ हजार २ सय भन्दा बढीको मृत्यु भएको छ।
अमेरिकामा
कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा शुक्रबार १ हजार २ सय जनाको ज्यान गएको छ । आज शनिबार विहान सम्म अमेरिकामा १६ लाख ४४ हजार कुल सङ्क्रमित भएका छन् । अमेरिकामा एकै दिन थप २३ हजार ९ सय जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ९७ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा ९७ हजार ६ सय ३५ पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार हिजो यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।
युकेमा
कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा शुक्रबार ३ सय ५१ जनाको मृत्यु भएको बताएको छ । बेलायतमा नोवल कोरोना भाइरसबाट संक्रमितको संख्या २ लाख ५४ हजार १९५ पुगेको छ । युकेमा मृत्यु हुनेको संख्या ३६ हजार ३ सय ९३ पुगेको छ।
ब्राजिलमा
कोरोना भाइरसको सङ्क्रमणबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा शुक्रबार ९ सय ६६ जनाको ज्यान गएको छ । आज शनिबार विहान सम्म ब्राजिलमा ३ लाख ३० हजार ८९० कुल सङ्क्रमित भएका छन्। ब्राजिलमा एकै दिन थप १९ हजार ६ सय ९६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या २१ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म ब्राजिलमा ज्यान गुमाउनेको संख्या २१ हजार ४८ पुगेको छ ।
फ्रान्समा
कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्या शुक्रबार ७४ जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २८ हजार २ सय ८९ पुगेको छ । आज विहान सम्म १ लाख ८२ हजार २ सय १९ कुल सङ्क्रमित भएका छन्।
स्पेनमा
विश्व ब्यापी महामारीको रुप लिएको कोभिड १९ बाट स्पेनमा शुक्रबार थप ६८८ जनाको मृत्यु भएको छ । यस्तै थप १ हजार ७ सय ८७ जना नयाँ बिरामी थपिएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ८१ हजार ९ सय ४ पुगेको छ । यो संगै आज सम्म स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २८ हजार ६ सय २८ पुगेको छ ।
बेल्जियममा
कोरोना भाइरसबाट बेल्जियममा बिहीबार एकै दिनमा थप २६ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ९ हजार २ सय १२ पुगेको छ । यस्तै संक्रमितको संख्या ५६ हजार नाघेको छ । आज २ सय ७६ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै बेल्जियममा हाल सम्म ५६ हजार ५ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
इटलीमा
कोरोना भाइरसको सङ्क्रमणबाट इटलीमा शुक्रबार थप १ सय ३० जनाको मृत्यु छ। इटलीमा आज सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या ३२ हजार ६ सय १६ पुगेको छ । यस्तै यस भाइरसबाट इटलीमा २ लाख २८ हजार ६ सय ५८ जना संक्रमित भएका छन् । विगत २४ घण्टामा इटलीमा थप ६ सय ५२ जना यस भाइरसबाट संक्रमित भएका छन् ।
इरानमा
कोरोना भाइरसबाट इरानमा शुक्रबार एकै दिनमा थप ५१ जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै इरानमा मृत्यु हुनेको संख्या ७ हजार ३ सय पुगेको छ । यस्तै संक्रमितको संख्या १ लाख ३१ हजार नाघेको छ । आज २ हजार ३सय ११ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म १ लाख ३१ हजार ६ सय ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
नेपालमा
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप नेपालमा २४ घण्टा भित्र थप ५९ जनामा कोराना भाइरसको संक्रमण देखिएको बताएको छ । स्वास्थ्य मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रबक्ता डा विकास देवकोटाले हाल सम्म ६ ओटा प्रदेश का ५१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । कोरोनाबाट मृत्यु हुनेको संख्या ३ छ । हालसम्म नेपालमा कोरोनाभाइरस ४० जिल्लामा देखिएको छ । यो संगै नेपालमा ७० जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।
यसै गरी कोरोना भाइरसका कारण हिजो जर्मनीमा ४३ , पेरूमा ९६ जना,क्यानडामा ९३ जना, नेदरल्याण्डमा २७, मेक्सिकोमा ४ सय २० र भारतमा १४२ जना, स्विडेनमा ५४ जना,इक्वेडरमा ११७ जना र रसियामा १५० जनाको ज्यान गएको छ ।



क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस