• जीवनशैली | Jiwanshaili
  • काठमाण्डौँमा आज पनि देखियो कोरोना


    जेठ १० गते, शनिबार।

    काठमाण्डौँ उपत्यकामा आज पनि कोरोना भाइरसको संक्रमण पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक प्रेस विज्ञप्ती जारी गर्दै थप आज थप गरिएको ३२ जना कोरोना भाइरस संक्रमित मध्ये एकजना काठमाण्डौँका भएकाे पुष्टी गरेको हो ।

    नयाँ पुष्टी हुनेमा काठमाण्डौँका ३५ बर्षीय पुरुष रहेका छन् । यसै गरी आजै कपिलवस्तुमा ८ जना, सर्लाहीमा १३ जना, रूपन्देहीमा ८ जना, बारा र चितवनमा थप १ -१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।कपिलवस्तु बाडगंगाका १७,१९,२२,२९,३५,४०,४२ वर्षीय पुरुष र २७ वर्षीय महिला रहेको बताएको छ । यसै गरी सर्लाही गौडेता र कविलासी नगरपालिकाका १८,२०,२०,२०,२१,२२,२३,२६,२६,२८,३३,३५र३५ वर्षीय पुरुष चितवन भरतपुरका ५२ वर्षीय पुरुष, बारा कैयारामाई गाउँपालिका का ३७ वर्षीय महिला, यसैगरी रुपन्देहीका २०,२०,२४,२४,२५,३०,३० , ३५ र५५ वर्षीय पूरुष रहेका छन् । यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५४८ पुगेको छ ।
    उपत्यकामा मात्रै हाल सम्म १८ जनामा कोरोना संक्रमण देखिसकेको छ । यस अघि हिजाे मात्रै भक्तपुरका ४२ बर्षीय महिलामा पनि यस भाइरसकाे संक्रमण देखिएकाे थियाे ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस