थप ९ जना कोरोना संक्रमित डिस्चार्ज, निकाे हुनेकाे संख्या ७९ पुग्याे
कोरोना संक्रमित भइ उपचार गराइरहेका थप ९ जना शनिबार साँझ डिस्चार्ज भएका छन् । पर्साको वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेशनमा उपचाररत ९ जना डिस्चार्ज भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिए । आज डिस्चार्ज हुनेमध्ये बाराका २ जना, रौतहटका ३ जना र पर्साका ३ जना रहेका छन् ।
यसैगरी एक जना भारतीय नागरिक समेत संक्रमण निको भएर डिस्चार्ज भएका छन् । १९ देखि ५१ वर्षसम्मका उनीहरु सबै पुरुष हुन् । यससँगै नेपालमा कोरोना संक्रमण निको भइ निको हुनेको संख्या ७९ जना पुगेको छ
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस