• जीवनशैली | Jiwanshaili
  • ब्राजिलमा कोरोना कहर: शनिबार ९ सय ६५ को ज्यान गयो


    जेठ ११ गते ,आइतबार।
    कोरोना भाइरसको सङ्क्रमणबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा शनिबार ९ सय ६५ जनाको ज्यान गएको छ । आज आइतबार विहान सम्म ब्राजिलमा ३ लाख ४७ हजार ३९८ कुल सङ्क्रमित भएका छन्। ब्राजिलमा एकै दिन थप १६ हजार ५ सय ८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
    यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या २२ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म ब्राजिलमा ज्यान गुमाउनेको संख्या २२ हजार १३ पुगेको छ ।

    विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ५३ लाख पुगेको छ । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ३ लाख ४३ हजार ६०८ पुगेको छ । विश्वको २१३ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस