• जीवनशैली | Jiwanshaili
  • जनकपुर अस्पतालबाट भागे एक कोरोना संक्रमित


    प्रादेशिक अस्पताल जनकपुरधामबाट एक कोरोना संक्रमित व्यक्ति फरार भएका छन् । सोमबार विहानै आईसोलेसन कक्षमा रहेका एक संक्रमित व्यक्ति फरार भएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनाए ।

    सर्लाहीका ती ४० वर्षिय संक्रमित व्यक्तिको मानसिक सन्तुलन गुमेको र पटक–पटक भाग्ने प्रयास समेत गर्दै आएका थिए ।

    उनी झ्याल तोडेर फरार भएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । उनको हाल खोजी भइरहेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस