• जीवनशैली | Jiwanshaili
  • स्वास्थ्य मन्त्रालय प्रेस ब्रिफिङः ४२ जिल्लामा संक्रमण, २४ घण्टा भित्र थप ७९ मा पुष्टी


    जेठ १२ गते, आइतबार, २०७७।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २४ घण्टा भित्र थप ७९ जनामा कोराना भाइरसको संक्रमण देखिएको बताएको छ । स्वास्थ्य मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रबक्ता डा विकास देवकोटाले हाल सम्म ७ ओटा प्रदेश का ६८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । संक्रमितमध्य ६०२ जना पुरुष रहेकाछन् भने ८० जना महिला रहेका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ४ छ । हालसम्म नेपालमा कोरोनाभाइरस ४२ जिल्लामा देखिएको छ । यो संगै नेपालमा ११२ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । निको हुनेमा ८३ जना पुरुष र २८ जना महिला रहेकाछन् ।

    नेपालमा हाल सम्म ७१ हजार ६ सय ४२ जनामा पिसीआर टेष्ट गरिएका छ । विगत २४ घण्टा भित्र २ हजार ९ सय४ जनामा पिसिआर जाँच गरिएको छ । आरडीटी भने ९५ हजार १९२ जनामा टेष्ट गरिएको प्रबक्ता देवकोटाले बताए । विगत २४ घण्टा भित्र ५ हजार १६६ जनामा आरडीटी जाँच गरिएको छ ।

    हालसम्म देशभर ४६हजार २९ जना क्वारेनटाइनमा रहेकाछन् ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस