नेपालमा कोरोना भाइरसबाट थप एकको ज्यान गएको पुष्टी
जेठ ११ गते, साेमबार।
कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। वीरगन्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका बाराको कलैयाका एक वृद्धलाई कोरोनाभाइरस पोजेटिभ देखिए संगै नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा विकास देवकोटाले बताए। ७० वर्षीय ती वृद्ध मृगौलामा समस्या देखिएपछि नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए।
‘उहाँ मृगौलाको समस्या भएपछि नेशनल मेडिकल कलेजमा उपचारका लागि भर्ना हुनुभएको थियो। जेठ ४ गते मृत्यु भएपनि कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो।
ती मृतकका परिवारले उनको अन्तिम संस्कार गरिसकेका छन्।
यसअघि सिन्धुपाल्चोककी सुत्केरी महिला, बाँकेका युवक र गुल्मीका एक जना शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस