• जीवनशैली | Jiwanshaili
  • कोरोना अपडेट गएको २४ घण्टामा विश्वमा कहाँ के के भए? हेर्नुहोस् जेठ १३ गते (तालिका सहित)


    विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ५५ लाख पुगेको छ । मंगलबार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ५५ लाख ८२ हजार ४१८ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ३ लाख ४७ हजार ५६३ पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ । एकै दिन ८८ हजार ३ सय ३५ जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ३ हजार भन्दा बढीको मृत्यु भएको छ।

    अमेरिकामा

    कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा सोमबार ५ सय ४ जनाको ज्यान गएको छ । आज मंगलबार विहान सम्म अमेरिकामा १७ लाख ६ हजार कुल सङ्क्रमित भएका छन् । अमेरिकामा एकै दिन थप १९ हजार ७ सय जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
    यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या करिब १ लाख पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा ९९ हजार ८ सय ४पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार हिजो यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।

    युकेमा

    कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा सोमबार १ सय २१ जनाको मृत्यु भएको बताएको छ । बेलायतमा नोवल कोरोना भाइरसबाट संक्रमितको संख्या २ लाख६१ हजार १८४ पुगेको छ । युकेमा मृत्यु हुनेको संख्या ३६ हजार ९ सय १४ पुगेको छ।

    ब्राजिलमा

    कोरोना भाइरसको सङ्क्रमणबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा साेमबार ७ सय ५७ जनाको ज्यान गएको छ । आज आइतबार विहान सम्म ब्राजिलमा ३ लाख ७४ हजार ८९८ कुल सङ्क्रमित भएका छन्। ब्राजिलमा एकै दिन थप ११ हजार २ सय ८० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
    यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या २३ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म ब्राजिलमा ज्यान गुमाउनेको संख्या २३ हजार ४ सय ७३ पुगेको छ ।

    फ्रान्समा

    कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा मृत्यु हुनेको संख्या सोमबार ६५ जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २८ हजार ४ सय ३२ पुगेको छ । आज विहान सम्म १ लाख ८२ हजार ९ सय ४२ कुल सङ्क्रमित भएका छन्।

    बेल्जियममा

    कोरोना भाइरसबाट बेल्जियममा सोमबार एकै दिनमा थप ३२ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ९ हजार ३ सय १२ पुगेको छ । यस्तै संक्रमितको संख्या ५७ हजार नाघेको छ । आज २ सय ५० जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै बेल्जियममा हाल सम्म ५७ हजार ३४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    इटलीमा

    कोरोना भाइरसको सङ्क्रमणबाट इटलीमा सोमबार थप ९२ जनाको मृत्यु छ। इटलीमा आज सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या ३२ हजार ८ सय ७७ पुगेको छ । यस्तै यस भाइरसबाट इटलीमा २ लाख ३० हजार १ सय ५८ जना संक्रमित भएका छन् । विगत २४ घण्टामा इटलीमा थप ३ सय जना यस भाइरसबाट संक्रमित भएका छन् ।

    इरानमा

    कोरोना भाइरसबाट इरानमा सोमबार एकै दिनमा थप ३४ जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै इरानमा मृत्यु हुनेको संख्या ७ हजार ४५१ पुगेको छ । यस्तै संक्रमितको संख्या १ लाख ३५ हजार नाघेको छ । आज २ हजार २३ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म १ लाख ३७ हजार ७ सय २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    नेपालमा
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २४ घण्टा भित्र थप ७९ जनामा कोराना भाइरसको संक्रमण देखिएको बताएको छ । स्वास्थ्य मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रबक्ता डा विकास देवकोटाले हाल सम्म ७ ओटा प्रदेश का ६८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । संक्रमितमध्य ६०२ जना पुरुष रहेकाछन् भने ८० जना महिला रहेका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ४ छ । हालसम्म नेपालमा कोरोनाभाइरस ४२ जिल्लामा देखिएको छ । यो संगै नेपालमा ११२ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । निको हुनेमा ८३ जना पुरुष र २८ जना महिला रहेकाछन् ।

    नेपालमा हाल सम्म ७१ हजार ६ सय ४२ जनामा पिसीआर टेष्ट गरिएका छ । विगत २४ घण्टा भित्र २ हजार ९ सय४ जनामा पिसिआर जाँच गरिएको छ । आरडीटी भने ९५ हजार १९२ जनामा टेष्ट गरिएको प्रबक्ता देवकोटाले बताए । विगत २४ घण्टा भित्र ५ हजार १६६ जनामा आरडीटी जाँच गरिएको छ ।

    यसै गरी कोरोना भाइरसका कारण हिजो सोमबार जर्मनीमा ५७ , पेरूमा १७३ जना,क्यानडामा १२१ जना, मेक्सिकोमा २सय १५ र भारतमा १४८ जना, र रसियामा ९२ जनाको ज्यान गएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस