ब्राजिलमा २३ हजारको मृत्यु
ब्रासिलिया, १३ जेठ/ ब्राजिलमा बितेको २४ घण्टाभित्र ११ हजारभन्दा बढी नयाँ कोरोनाभाइरसबाट संक्रमित व्यक्ति फेला परेका छन् । योसहित ब्राजिलमा कूल संक्रमितको संख्या तीन लाख ७४ हजार ८९८ पुगेको छ ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८०७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सहित ब्राजिलमा कोरोनाभाइरसबाट संक्रमण भएर मृत्यु हुनेको संख्या २३ हजार ४७३ पुगेको छ । दक्षिण अमेरिकी मुलुकहरुमध्ये ब्राजिलमा सबैभन्दा बढी मानिसको संक्रमणबाट निधन भइसकेको छ ।
विश्वमै संयुक्तराज्य अमेरिकापछि कोरोनाभाइरसबाट सर्बाधिक प्रभावित दोस्रो मुलुक ब्राजिल हो । अमेरिकामा कूल संक्रमितको संख्या १७ लाख नाघिसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस