ब्राजिलमा बुधबार १ हजार १ सय ४८ जनाको ज्यान गयाे
जेठ १५ गते, बिहिबार।
कोरोना भाइरसको सङ्क्रमणबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा बुधबार १ हजार १ सय ४८ जनाको ज्यान गएको छ । आज बिहिबार विहान सम्म ब्राजिलमा ४ लाख १४ हजार ६६१ कुल सङ्क्रमित भएका छन्। ब्राजिलमा एकै दिन थप २२ हजार ३ सय १ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या २५ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म ब्राजिलमा ज्यान गुमाउनेको संख्या २५ हजार ६ सय ९७ पुगेको छ ।
विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ५७ लाख पुगेको छ । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ३ लाख ५६ हजार पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस