• जीवनशैली | Jiwanshaili
  • गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना पुष्टी


    जेठ १५ गते, बिहिबार।

    गण्डकी प्रदेशमा आज थप तीन जनामा कोरोन भाइरस पुष्टी भएको छ ।
    स्याङ्जा जिल्लाका २ पुरुष र १ महिलामा कोरोना भाइरस देखिएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले एक विज्ञप्ती जारी गरी पुष्टी गरेको हो । संक्रमित हुनेमा स्याङ्जा जिल्ला वालिङ ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहनुभएका बर्ष २६ र २२ का २ जना पुरुष तथा बर्ष ३९ का १ जना महिला समेत गरि ३ जनारहेका छन् । संक्रमितहरु सबैजनालाई सदरमुकाम स्थित सरकारी अस्पतालमा ल्याउने तयारी भैरहेको बताएको छ । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस