• जीवनशैली | Jiwanshaili
  • इरानमा आइतबार थप ६३ को मृत्यु, संक्रमितको संख्या १ लाख ५१ हजार नाघ्यो


    जेठ १८ गते, आइतबार

    कोरोना भाइरसबाट इरानमा आइतबार एकै दिनमा थप ६३ जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै इरानमा मृत्यु हुनेको संख्या ७ हजार ७९७ पुगेको छ । यस्तै संक्रमितको संख्या १ लाख ५१ हजार नाघेको छ । आज २ हजार ५१६ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म १ लाख ५१ हजार ४ सय ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ६१ लाख मानीसमा भइसकेको छ भने ३ लाख ७१ हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस