• जीवनशैली | Jiwanshaili
  • स्वास्थ्य मन्त्रालय प्रेस ब्रिफिङः २४ घण्टा भित्र थप १६६ जनामा पुष्टि, २ संक्रमितको मृत्यु


    जेठ १८ गते, आइतबार, २०७७।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २४ घण्टा भित्र थप १६६ जनामा कोराना भाइरसको संक्रमण देखिएको बताएको छ । स्वास्थ्य मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रबक्ता डा विकास देवकोटाले हाल सम्म ७ ओटा प्रदेश का १५६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । संक्रमित हुनेमा १४५० पुरुष र ११७ महिला रहेका छन् । गत २४ घण्टा भित्र थप २ संक्रमित को मृत्यु भएको छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ८ छ । हालसम्म नेपालमा कोरोनाभाइरस ५३ जिल्लामा देखिएको छ । आज थप १ संक्रमित निको भएको छन् । यो संगै नेपालमा २२० जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । निको हुनेमा १७२ जना पुरुष र ४८ जना महिला रहेकाछन् ।

    नेपालमा हाल सम्म ६९ हजार ५ सय ८२ जनामा पिसीआर टेष्ट गरिएका छ । विगत २४ घण्टा भित्र २ हजार ८ सय ५३ जनामा पिसिआर जाँच गरिएको छ । आरडीटी भने १ लाख ११ हजार १०९ जनामा टेष्ट गरिएको प्रबक्ता देवकोटाले बताए । विगत २४ घण्टा भित्र ४ हजार ५४ जनामा आरडीटी जाँच गरिएको छ ।

    हालसम्म देशभर १ लाख १९ हजार १९२ जना क्वारेनटाइनमा रहेकाछन् ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस