• जीवनशैली | Jiwanshaili
  • कोरोना कहरः गएको २४ घण्टामा कहाँ के के भए ? हेर्नुहोस् जेठ २० गते (तालिका सहित)


    जेठ २० गते ,मंगलबार ।
    कोरोना भाइरसका कारण हिजो सोमबार पेरूमा १२८ जना,क्यानडामा ३१ जना, मेक्सिकोमा १ सय ५१ र भारतमा २०० जना र रसियामा १६२ जनाको ज्यान गएको छ ।

    विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ६३ लाख पुगेको छ । आइतबार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ६३ लाख ६१ हजार ८२६ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ३ लाख ७७ हजार १४८ पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ । एकै दिन १ लाख २ हजार ७ सय ४२ जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ३ हजार भन्दा बढीको मृत्यु भएको छ।

    अमेरिकामा

    कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा सोमबार ७ सय २६ जनाको ज्यान गएको छ । आज सोमबार विहान सम्म अमेरिकामा १८ लाख ५९ हजार ४ सय २४ हजार कुल सङ्क्रमित भएका छन् । अमेरिकामा एकै दिन थप २२ हजार २५४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
    यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख ६ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा यस भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख ६ हजार ९२१ पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार हिजो यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।

    युकेमा

    कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा सोमबार १ सय ११ जनाको मृत्यु भएको बताएको छ । बेलायतमा नोवल कोरोना भाइरसबाट संक्रमितको संख्या २ लाख ७६ हजार३३२ पुगेको छ । युकेमा मृत्यु हुनेको संख्या ३९ हजार ४५ पुगेको छ।

    ब्राजिलमा

    कोरोना भाइरसको सङ्क्रमणबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा सोमबार ७ सय ३२ जनाको ज्यान गएको छ । आज मंगलबार विहान सम्म ब्राजिलमा ५ लाख २९ हजार १८ कुल सङ्क्रमित भएका छन्। ब्राजिलमा एकै दिन थप १४ हजार १ सय ६९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
    यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ३० हजार पुगेको छ । समाचार तयार पार्दा सम्म ब्राजिलमा ज्यान गुमाउनेको संख्या ३० हजार ४६ पुगेको छ ।

    फ्रान्समा

    कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा सोमबार ३१ जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २८ हजार ८ सय ३३ पुगेको छ । आज विहान सम्म १ लाख ८९ हजार २ सय २० कुल सङ्क्रमित भएका छन्।

    बेल्जियममा

    कोरोना भाइरसबाट बेल्जियममा सोमबार एकै दिनमा थप १९ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ९ हजार ४ सय ८६ पुगेको छ । यस्तै संक्रमितको संख्या ५८ हजार नाघेको छ । आज १ सय ३६ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै बेल्जियममा हाल सम्म ५८ हजार ५१७ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
    इटलीमा

    कोरोना भाइरसको सङ्क्रमणबाट इटलीमा सोमबार थप ६० जनाको मृत्यु छ। इटलीमा आज सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या ३३ हजार ४ सय ७५ पुगेको छ । यस्तै यस भाइरसबाट इटलीमा २ लाख ३३ हजार १ सय ९७ जना संक्रमित भएका छन् । विगत २४ घण्टामा इटलीमा थप २ सय जना यस भाइरसबाट संक्रमित भएका छन् ।

    इरानमा

    कोरोना भाइरसबाट इरानमा सोमबार एकै दिनमा थप ८१जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै इरानमा मृत्यु हुनेको संख्या ७ हजार ८७८ पुगेको छ । यस्तै संक्रमितको संख्या १ लाख ५४ हजार नाघेको छ । आज २ हजार ९७९ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म १ लाख ५४ हजार ४ सय ४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    नेपालमा

    नेपालमा सोमबार थप २३९ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गर्ने नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रबक्ता डाक्टर विकास देवकोटाका अनुशार पछिल्लो २४ घन्टामा २२६ र एक प्रेस विज्ञप्ती जारी गरी थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

    यससँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस