पहिलो पटक स्पेनमा कोरोना संक्रमितको मृत्यु रोकियो
म्याड्रिड, २० जेठ/ युरोपेली मुलुक स्पेनमा मार्च महिनायता पहिलो पटक कोरोना भाइरसको संक्रमणका कारण २४ घण्टामा कुनै पनि व्यक्तिको मृत्यु नभएको अधिकारीहरुले बताएका छन् । आपतकालीन स्वास्थ्य सेवाका प्रमुख फर्नान्डो सिमोनले पछिल्लो स्वास्थ्य विवरण निकै बढी उत्साहप्रद रहेको बताउनुभयो ।
पत्रकार सम्मेलनका क्रममा उहाँले २४ घण्टाका अवधिमा ७१ जना नयाँ संक्रमित व्यक्ति भेटिएको जानकारी दिनुभयो । “संक्रमण नियन्त्रण र रोकथामका क्षेत्रमा निकै सुधार भएको देखिएको छ । सरकारका प्रयासहरु सही दिशातर्फ उन्मूख भएको यसले प्रष्ट बनाएको छ ।” स्पेनमा मार्च ३ मा पहिलो पटक दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । त्यसको दुई दिनपछि अर्को व्यक्तिको ज्यान गएको थियो ।
त्यसयता स्पेनमा मृत्यु हुनेको संख्या नाटकीय रुपमा बढेको थियो । अप्रिल २ मा एकै दिन ९५० जनाको मृत्यु भएको थियो । देशभर कूल संक्रमित २ लाख ४० हजार व्यक्तिमध्ये २७ हजार १२७ जनाको मृत्यु भएको औपचारिक स्वास्थ्य विवरणमा देखिएको छ । शुरुआती दिनहरुमा युरोपेली मुलुक इटालीपछि स्पेन सर्वाधिक प्रभावित थियो । तर भाइरसका कारण फ्रान्स र बेलायतलाई पनि आक्रान्त बनाएको थियो ।
स्पेनमा मध्य मार्चमा सरकारले लकडाउनलाई अति कडा बनाएको थियो । तर अहिले परिस्थितिमा निकै सुधार आएसँगै लकडाउनमा खुकुलो बनाउन थालिएको छ । तर स्पेनी सरकारले भाइरस प्रसारको खतरा अझै रहेको बताउँदै लकडाउन कुनै पनि बेला लगाउन सकिने बताएको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आपतकाल घोषणा गर्न सक्ने अवशिष्ट अधिकार अरु दुई हप्ता बढाउन संसदमा प्रस्ताव लैजाने बताउनुभएको छ । यो अधिकार प्राप्त गरेमा सरकारले मानिसलाई घरभित्र बस्नेगरी आदेश दिन पाउनेछ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस