• जीवनशैली | Jiwanshaili
  • इरानमा मंगलबार थप ६४ को मृत्यु, संक्रमितको संख्या १ लाख ५७ हजार नाघ्यो


    जेठ २० गते, मंगलबार

    कोरोना भाइरसबाट इरानमा मंगलबार एकै दिनमा थप ६४ जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै इरानमा मृत्यु हुनेको संख्या ७ हजार ९४२ पुगेको छ । यस्तै संक्रमितको संख्या १ लाख ५७ हजार नाघेको छ । आज ३ हजार ११७ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म १ लाख ५७ हजार ५ सय ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ६३ लाख मानीसमा भइसकेको छ भने ३ लाख ७७ हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस