कोरोना कहरः गएको २४ घण्टामा कहाँ के के भए? हेर्नुहोस् जेठ २२ गते (तालिका सहित)
जेठ २२ गते ,बिहिबार ।
कोरोना भाइरसका कारण हिजो बुधबार पेरूमा १२७ जना,क्यानडामा १०३ जना, मेक्सिकोमा ४ सय ७० र भारतमा २५९ जना र रसियामा १७८ जनाको ज्यान गएको छ ।
विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ६५ लाख पुगेको छ । आइतबार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ६५ लाख ६१ हजार ७९१ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ३ लाख ८६ हजार ७७९ पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ । एकै दिन १ लाख २० हजार ५ सय ९ जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ४ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ।
अमेरिकामा
कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा बुधबार १ हजार ८१ जनाको ज्यान गएको छ । आज सोमबार विहान सम्म अमेरिकामा १९ लाख १ हजार ५ सय २७ कुल सङ्क्रमित भएका छन् । अमेरिकामा एकै दिन थप २० हजार ३२२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख ९ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म अमेरिकामा १ लाख ९ हजार १४० पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार हिजो यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।
युकेमा
कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा बुधबार ३ सय ५९ जनाको मृत्यु भएको बताएको छ । बेलायतमा नोवल कोरोना भाइरसबाट संक्रमितको संख्या २ लाख ७९ हजार ८५६ पुगेको छ । युकेमा मृत्यु हुनेको संख्या ३९ हजार ७२८ पुगेको छ।
ब्राजिलमा
कोरोना भाइरसको सङ्क्रमणबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा बुधबार १ हजार २ सय ६९ जनाको ज्यान गएको छ । आज बिहिबार विहान सम्म ब्राजिलमा ४ लाख ९८ हजार ४४० कुल सङ्क्रमित भएका छन्। ब्राजिलमा एकै दिन थप २७ हजार ३ सय १२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ३२ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म ब्राजिलमा ज्यान गुमाउनेको संख्या ३२ हजार ५ सय ४७ पुगेको छ ।
फ्रान्समा
कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा बुधबार ८१ जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २९ हजार २१ पुगेको छ । आज विहान सम्म १ लाख ५१हजार ६ सय ७७ कुल सङ्क्रमित भएका छन्।
बेल्जियममा
कोरोना भाइरसबाट बेल्जियममा बुधबार एकै दिनमा थप १७ जनाको ज्यान गएको छ । यो संगै बेल्जियममा मृत्यु हुनेको संख्या ९ हजार ५ सय २२ पुगेको छ । यस्तै संक्रमितको संख्या ५८ हजार नाघेको छ । आज ७० जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै बेल्जियममा हाल सम्म ५८ हजार ६८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
इटलीमा
कोरोना भाइरसको सङ्क्रमणबाट इटलीमा बुधबार थप ७१ जनाको मृत्यु छ। इटलीमा आज सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या ३३ हजार ६ सय १पुगेको छ । यस्तै यस भाइरसबाट इटलीमा २ लाख ३३ हजार ८ सय ३६ जना संक्रमित भएका छन् । विगत २४ घण्टामा इटलीमा थप ३ सय २१ जना यस भाइरसबाट संक्रमित भएका छन् ।
इरानमा
कोरोना भाइरसबाट इरानमा बुधबार एकै दिनमा थप ७० जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै इरानमा मृत्यु हुनेको संख्या ८ हजार १२ पुगेको छ । यस्तै संक्रमितको संख्या १ लाख ६० हजार नाघेको छ । आज ३ हजार १३४ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म १ लाख ६० हजार ६ सय ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
नेपालमा
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २४ घण्टा भित्र थप २०१ जनामा कोराना भाइरसको संक्रमण देखिएको बताएको छ । स्वास्थ्य मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रबक्ता डा विकास देवकोटाले हाल सम्म ७ ओटा प्रदेश का २ हजार ३ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । संक्रमित हुनेमा २१३० पुरुष र १७० महिला रहेका छन् । आज थप १ संक्रमितको मृत्यु भएको छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ९ छ । हालसम्म नेपालमा कोरोनाभाइरस ६४ जिल्लामा देखिएको छ । आज थप १२ संक्रमित निको भएको छन् । यो संगै नेपालमा २७८ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । निको हुनेमा २२२ जना पुरुष र ५६ जना महिला रहेकाछन् ।



क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस