• जीवनशैली | Jiwanshaili
  • इरानमा बिहीबार थप ७० को मृत्यु, संक्रमितको संख्या १ लाख ६६ हजार नाघ्यो


    जेठ २२ गते, बिहीबार

    कोरोना भाइरसबाट इरानमा बिहीबार एकै दिनमा थप ५९ जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै इरानमा मृत्यु हुनेको संख्या ८ हजार ७१ पुगेको छ । यस्तै संक्रमितको संख्या १ लाख ६६ हजार नाघेको छ । आज ३ हजार ५७४ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म १ लाख ६६ हजार २ सय ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ६५ लाख मानीसमा भइसकेको छ भने ३ लाख ८८ हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस