पाकिस्तानमा कोरोना भाइरसबाट ८५ हजार संक्रमित
२३ जेठ / पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या कम्तीमा पनि ८५ हजार पुगेको जानकारी दिइएको छ । यहाँ पछिल्लो समय ४ हजार ६८८ जना संक्रमित थपिएको शुक्रबार बिहान जानकारी दिइएको छ । ती पछिल्लो समयमा थपिएका संक्रमितसहित यहाँका संक्रमितको संख्या ८५ हजार पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सो मन्त्रालयले बुधबार मात्र यहाँ ४ हजार ६५ जना संक्रमित थपिएको जनाएको थियो । शुक्रबार बिहान ४ हजार ६८८ जना पुगेको बताइएको हो । यहाँ सो भाइरसबाट ज्यान जाने व्यक्तिको संख्या १ हजार ७७० जना पुगेको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले यो भाइरसबाट निको भएका व्यक्तिको संख्या ३० हजार १२८ रहेको पनि जनाएका छन् ।
यहाँको सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र हो । यहाँमात्र कोरोनाका ३३ हजार संक्रमित भेटिएका छन् । त्यस्तै त्यसपछिको प्रभावित क्षेत्र भनेको पञ्जाव प्रान्त हो र त्यहाँ ३१ हजार संक्रमित पाइएका छन् ।
यहाँ कोरोना भाइरसका प्रभावितहरुको संख्या प्रति दिन बढिरहेको भए पनि यहाँका प्रधानमन्त्री इमरान खानले भने देशको अर्थतन्त्रलाई बचाउन लकडाउनलाई लामो समयसम्म जारी नराख्ने बताउनुभएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस