• जीवनशैली | Jiwanshaili
  • इरानमा शुक्रबार थप ६३ को मृत्यु, संक्रमितको संख्या १ लाख ६७ हजार नाघ्यो


    जेठ २३ गते, शुक्रबार

    कोरोना भाइरसबाट इरानमा शुक्रबार एकै दिनमा थप ६३ जनाको ज्यान गएको छ । पछिल्लो समय इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै इरानमा मृत्यु हुनेको संख्या ८ हजार १ सय ३४ पुगेको छ । यस्तै संक्रमितको संख्या १ लाख ६७ हजार नाघेको छ । आज २ हजार ८८६ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै इरानमा हाल सम्म १ लाख ६७ हजार १ सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ६७ लाख मानीसमा भइसकेको छ भने ३ लाख ९३ हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस