स्वास्थ्य मन्त्रालय प्रेस ब्रिफिङः २४ घण्टा भित्र थप २७८ जनामा पुष्टि, ६८ जिल्लामा संक्रमण

जेठ २२ गते, शुक्रबार,२०७७ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २४ घण्टा भित्र थप २७८ जनामा कोराना भाइरसको संक्रमण देखिएको बताएको छ । स्वास्थ्य मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रबक्ता डा विकास देवकोटाले हाल सम्म ७ ओटा प्रदेश का २ हजार ९ सय १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । संक्रमित हुनेमा २७१७ पुरुष र १९५ महिला रहेका छन् । आज थप १ संक्रमितको मृत्यु भएको छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ११ छ । हालसम्म नेपालमा कोरोनाभाइरस ६८ जिल्लामा देखिएको छ । आज थप ४३ संक्रमित निको भएको छन् । यो संगै नेपालमा ३३३ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । निको हुनेमा २७२ जना पुरुष र ६१जना महिला रहेकाछन् ।
नेपालमा हाल सम्म ८८ हजार ३ सय ६६ जनामा पिसीआर टेष्ट गरिएका छ । विगत २४ घण्टा भित्र ४हजार २ सय ३२ जनामा पिसिआर जाँच गरिएको छ । आरडीटी भने १ लाख ३२ हजार ९६६ जनामा टेष्ट गरिएको प्रबक्ता देवकोटाले बताए । विगत २४ घण्टा भित्र ७ हजार ४०२ जनामा आरडीटी जाँच गरिएको छ ।
हालसम्म देशभर १ लाख ६६ हजार ७६५ जना क्वारेनटाइनमा रहेकाछन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस