नेपालमा थप २ जनाकाे मृत्युमा कोरोना पुष्टि, कुल संख्या १३ पुग्याे
जेठ २४ गते, शनिबार,२०७७ ।
नेपालमा थप २ जनाको कोरोना भाइरसको कारण निधन भएको छ ।
कोरोनाभाइरस संक्रमणबाट डोल्पाका जगदुल्ला गाँउपालिका९३ का ५८ वर्षका पुरुषको बिहीबार निधन भएको हो । संक्रमित व्यक्ति जेठ १८ गते नेपालगञ्ज(सुर्खेत) जुम्ला हुँदै डोल्पा पुगेका थिए ।
दमको रोगले पीडित उनको निधन २१ गते भएको हो । मृत्युको कारण परिक्षण पछि कोरोना भएको पुष्टि भएको हो ।
त्यस्तै २३ गते धनगढिकी ५५ वर्षका महिलाको निधन भएको छ ।
योसँगै नेपालमा मृत्यु हुनेको संख्या १३ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ भने ३६५ जना निको भएर फर्किसकेका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस