नेपालमा बिहानै थपिए २४ जना कोरोना भाइरस संक्रमित (विज्ञप्ति सहित)

नेपालमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । गण्डकी प्रदेश अन्तरगत नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष ४०, १९, ३०, १८, २२, २१, १९, २२, ४०, २०, १८ र ३० का १२ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ।
यस्तै म्याग्दी जिल्ला, बेनी नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष ४६ का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
यसैगरि गण्डकी प्रदेश, बाग्लुङ जिल्ला, निसीखोला गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष २१, २६ र २७ का ३ जना पुरुष र सोहि जिल्ला बरेङ गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष २४, २२, १८, २४, १८, ४९, २३ र २७ का ८ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
संक्रमितहरुलाई सम्बन्धित जिल्लाको सरकारी अस्पतालको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ। यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४४ पुगेको छ ।

क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस