• जीवनशैली | Jiwanshaili
  • कोरोना दैनिक अपडेटः विगत २४ घण्टामा कहाँ के के भए? हेर्नुहोस् जेठ २८ गते (तालिका )


    जेठ २८ गते , बुधवार ।

    कोरोना भाइरसका कारण हिजो मंगलबार पेरूमा १६७ जना,क्यानडामा ६२ जना, इरानमा ७४ र भारतमा २७७ जना र रसियामा १७१ जनाको ज्यान गएको छ ।

    विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ७३ लाख पुगेको छ । बुधबार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ७३ लाख ११ हजार ५१० पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ४ लाख १३ हजार पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ । एकै दिन १ लाख २१ हजार ६३ जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ४ हजार ७ सय भन्दा बढीको मृत्यु भएको छ।

    अमेरिकामा

    कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा मंगलबार १ हजार ९६ जनाको ज्यान गएको छ । आज विहान सम्म अमेरिकामा २० लाख ४५ हजार ३ सय ९९ कुल सङ्क्रमित भएका छन् । अमेरिकामा एकै दिन थप १८ हजार ९०६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
    यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख १४ हजार पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार हिजो यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।

    युकेमा

    कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा मंगलबार २८६ जनाको मृत्यु भएको बताएको छ । बेलायतमा नोवल कोरोना भाइरसबाट संक्रमितको संख्या २ लाख ८९ हजार १४० पुगेको छ । युकेमा मृत्यु हुनेको संख्या ४० हजार ८८३ पुगेको छ।

    ब्राजिलमा

    कोरोना भाइरसको सङ्क्रमणबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा मंगलबार १ हजार १सय ८५ जनाको ज्यान गएको छ । आज विहान सम्म ब्राजिलमा ७ लाख ४२ हजार ८४ कुल सङ्क्रमित भएका छन्। ब्राजिलमा एकै दिन थप ३१ हजार १ सय ९७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
    यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ३८ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म ब्राजिलमा ज्यान गुमाउनेको संख्या ३८ हजार ४९७ पुगेको छ ।

    इटलीमा

    कोरोना भाइरसको सङ्क्रमणबाट इटलीमा मंगलबार थप ७९ जनाको मृत्यु छ। इटलीमा आज सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या ३४ हजार ४३ पुगेको छ । यस्तै यस भाइरसबाट इटलीमा २ लाख ३५ हजार ५६१ जना संक्रमित भएका छन् ।

    मेक्सिकोमा

    कोरोना भाइरसबाट मेक्सिकोमा मंगलबार एकै दिनमा थप ३५४ जनाको ज्यान गएको छ । पछिल्लो समय मेक्सिकोमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै मेक्सिकोमा मृत्यु हुनेको संख्या १४ हजार ५३ पुगेको छ । यस्तै संक्रमितको संख्या १ लाख २० हजार नाघेको छ । २ हजार ९९९ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै मेक्सिकोमा हाल सम्म १ लाख २१ हजार १ सय २ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    नेपालमा

    नेपालमा मंगलबार थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गर्ने नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रबक्ता डा। जागेश्वर गौतमका अनुशार पछिल्लो २४ घन्टामा ३२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

    यससँगै नेपालमा कुल संक्रमितको संख्या ४ हजार ८५पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस