• जीवनशैली | Jiwanshaili
  • स्वास्थ्य मन्त्रालय प्रेस ब्रिफिङः २४ घण्टा भित्र थप २७९ जनामा पुष्टि, ७२ जिल्लामा संक्रमण


    जेठ २८ गते, बुधबार,२०७७

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २४ घण्टा भित्र थप २७९ जनामा कोराना भाइरसको संक्रमण देखिएको बताएको छ । स्वास्थ्य मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमले हाल सम्म ७ ओटा प्रदेश का ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । संक्रमित हुनेमा ३७९८ पुरुष र २७७ महिला रहेका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या १५ छ । हालसम्म नेपालमा कोरोनाभाइरस ७२ जिल्लामा देखिएको छ । आज थप ९० संक्रमित निको भएको छन् । यो संगै नेपालमा ६७४ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । निको हुनेमा ५८९ जना पुरुष र ७८ जना महिला रहेकाछन् ।

    नेपालमा हाल सम्म १ लाख १० हजार ७ सय ४४ जनामा पिसीआर टेष्ट गरिएका छ । विगत २४ घण्टा भित्र ४ हजार ४ सय १४ जनामा पिसिआर जाँच गरिएको छ । आरडीटी भने १ लाख ७२ हजार ८८० जनामा टेष्ट गरिएको प्रबक्ता देवकोटाले बताए । विगत २४ घण्टा भित्र ६ हजार ७२२ जनामा आरडीटी जाँच गरिएको छ ।

    हालसम्म देशभर १ लाख ७२ हजार २६६ जना क्वारेनटाइनमा रहेकाछन् ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस