कोरोना कहरः विगत २४ घण्टामा कहाँ के के भए? हेर्नुहोस् जेठ २९ गते (तालिका )
जेठ २९ गते , बिहिवार ।
कोरोना भाइरसका कारण हिजो बुधबार पेरूमा १६५ जना,क्यानडामा ६२ जना, इरानमा ७१ र पाकिस्तानमा ८३, भारतमा ३८८ जना र रसियामा २१६ जनाको ज्यान गएको छ ।
विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ७४ लाख पुगेको छ । बिहिबार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ७४ लाख ४४ हजार ५३८ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ४ लाख १८ हजार पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ । एकै दिन १ लाख ३३ हजार १४ जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ५ हजार १ सय भन्दा बढीको मृत्यु भएको छ।
अमेरिकामा
कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा बुधबार ९ सय ७८ जनाको ज्यान गएको छ । आज विहान सम्म अमेरिकामा २० लाख ६५ हजार ४ सय ७४ कुल सङ्क्रमित भएका छन् । अमेरिकामा एकै दिन थप १९ हजार ९२५जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख १५ हजार पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार हिजो यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।
युकेमा
कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा बुधबार २४५ जनाको मृत्यु भएको बताएको छ । बेलायतमा नोवल कोरोना भाइरसबाट संक्रमितको संख्या २ लाख ९० हजार १४३ पुगेको छ । युकेमा मृत्यु हुनेको संख्या ४१ हजार १२८ पुगेको छ।
ब्राजिलमा
कोरोना भाइरसको सङ्क्रमणबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा बुधबार १ हजार ३सय जनाको ज्यान गएको छ । आज विहान सम्म ब्राजिलमा ७ लाख ७५ हजार १ सय ८४ कुल सङ्क्रमित भएका छन्। ब्राजिलमा एकै दिन थप ३३ हजार १ सयजनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ३९ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म ब्राजिलमा ज्यान गुमाउनेको संख्या ३९ हजार ७९७ पुगेको छ ।
इटलीमा
कोरोना भाइरसको सङ्क्रमणबाट इटलीमा बुधबार थप ७१ जनाको मृत्यु छ। इटलीमा आज सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या ३४ हजार ११४ पुगेको छ । यस्तै यस भाइरसबाट इटलीमा २ लाख ३५ हजार ७६३ जना संक्रमित भएका छन् ।
मेक्सिकोमा
कोरोना भाइरसबाट मेक्सिकोमा बुधबार एकै दिनमा थप ५६९ जनाको ज्यान गएको छ । पछिल्लो समय मेक्सिकोमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै मेक्सिकोमा मृत्यु हुनेको संख्या १४ हजार ६४९ पुगेको छ । यस्तै संक्रमितको संख्या १ लाख २४ हजार नाघेको छ । ४ हजार १९९ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै मेक्सिकोमा हाल सम्म १ लाख २४ हजार ३ सय १ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
नेपालमा
नेपालमा बुधबार थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गर्ने नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रबक्ता डा। जागेश्वर गौतमका अनुशार पछिल्लो २४ घन्टामा २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ हरितालिका तिज मनाइँदै
- २ हरितालिका तीज शुरु
- ३ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ४ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ५ आज गाईजात्रा
- ६ किन मृत्यु भएका घरबाट गाई निकालिन्छ
- ७ आज क्वाँटी खाने दिन; यस्ता छन् क्वाँटीका फाईदाहरु
- ८ आज जनै पूर्णिमा पर्व तथा रक्षाबन्धन मनाइँदै
प्रतिक्रिया दिनुहोस