• जीवनशैली | Jiwanshaili
  • कोरोना कहरः विगत २४ घण्टामा कहाँ के के भए? हेर्नुहोस् जेठ ३० गते (तालिका )


    जेठ ३० गते , शुक्रबार ।

    कोरोना भाइरसका कारण हिजो बिहिबार पेरूमा २०६ जना,क्यानडामा ६२ जना, इरानमा ७८ र पाकिस्तानमा १०१, भारतमा ३९४ जना र रसियामा १७४ जनाको ज्यान गएको छ ।

    विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ७५ लाख पुगेको छ । बिहिबार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ७५लाख ८३ हजार १६३ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ४ लाख २३ हजार पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ । एकै दिन १ लाख ३६ हजार १२ जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ४ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ।

    अमेरिकामा

    कोरोना भाइरसको सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा बिहिबार ८ सय ९७ जनाको ज्यान गएको छ । आज विहान सम्म अमेरिकामा २० लाख ८९ हजार ४४ कुल सङ्क्रमित भएका छन् । अमेरिकामा एकै दिन थप २२ हजार ६४३ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
    यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख १६ हजार पुगेको छ । विश्व भरको तथ्याङक संकलन गर्ने संस्था वल्डवोमिटर्सका अनुसार हिजो यतिको संख्यामा ज्यान गुमाउने संख्या पुगेको हो ।

    युकेमा

    कोभिड १९ भनिने कोरोना भाइरसबाट युकेमा बिहिबार १५१ जनाको मृत्यु भएको बताएको छ । बेलायतमा नोवल कोरोना भाइरसबाट संक्रमितको संख्या २ लाख ९१ हजार ४०९ पुगेको छ । युकेमा मृत्यु हुनेको संख्या ४१ हजार २७९ पुगेको छ।

    ब्राजिलमा

    कोरोना भाइरसको सङ्क्रमणबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा बिहिबार १ हजार २ सय ६१ जनाको ज्यान गएको छ । आज विहान सम्म ब्राजिलमा ८ लाख ५ हजार ६ सय ४९ कुल सङ्क्रमित भएका छन्। ब्राजिलमा एकै दिन थप ३० हजार ४ सय ६५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
    यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ४१ हजार पुगेको छ । समाचार तयार पार्दा सम्म ब्राजिलमा ज्यान गुमाउनेको संख्या ४१ हजार ५८ पुगेको छ ।

    इटलीमा

    कोरोना भाइरसको सङ्क्रमणबाट इटलीमा बिहिबार थप ५३जनाको मृत्यु छ। इटलीमा आज सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या ३४ हजार ११४ पुगेको छ । यस्तै यस भाइरसबाट इटलीमा २ लाख ३६ हजार १४२ जना संक्रमित भएका छन् ।

    मेक्सिकोमा

    कोरोना भाइरसबाट मेक्सिकोमा बिहिबार एकै दिनमा थप ७०८ जनाको ज्यान गएको छ । पछिल्लो समय मेक्सिकोमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै छ । यो संगै मेक्सिकोमा मृत्यु हुनेको संख्या १५ हजार ३५७ पुगेको छ । यस्तै संक्रमितको संख्या १ लाख २९ हजार नाघेको छ । ४ हजार ८८३ जना नयाँ व्यक्तिमा सङ्क्रमण पाइएको छ । यो संगै मेक्सिकोमा हाल सम्म १ लाख २९ हजार १ सय ८४ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    नेपालमा
    नेपालमा बिहीबार थप २५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गर्ने नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रबक्ता डा। जागेश्वर गौतमका अनुशार पछिल्लो २४ घन्टामा २५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।

    यससँगै नेपालमा कुल संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस