• जीवनशैली | Jiwanshaili
  • शनिबार बिहानै थपिए ६ बर्षीय बालक सहित ५ कोराना संक्रमित (विज्ञप्ति सहित)


    जेठ ३१ गते, शनिबार ।

    नेपालमा शनिबार बिहान ६ बर्षीय बालक सहित ५ कोराना संक्रमित थपिएका छन् ।

    गण्डकी प्रदेश, पर्बत जिल्ला, कुश्मा नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष ६ का १ जना बालक -(पुरुष) र बर्ष १७ का १ जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ। त्यसैगरी पर्बत जिल्ला, जलजला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका बर्ष १७ का १ जना पुरुष र महाशिला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका बर्ष १६ का १ जना पुरुषमा समेत कोरोनको संक्रमण देखिएको छ ।
    नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), मध्यबिन्दु नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष ४५ का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
    यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ ।

    Image may contain: text

    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस