कोरोना कहरः विगत २४ घण्टामा कहाँ के के भए? हेर्नुहोस् असार १ गते (तालिका सहित)
असार ०१ गते ,सोमबार।
विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ७९ लाख पुगेको छ । सोमबार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ७९लाख ८२ हजार ३६६ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ४ लाख ३५ हजार पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ । एकै दिन १ लाख २१ हजार८४२ जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ३ हजार २ सय भन्दा बढीको मृत्यु भएको छ।
कोरोना भाइरसका कारण हिजो आइतबार अमेरिकामा ३२६ जना, इटलीमा ४४ जना, ब्राजिलमा ५९८ जना, मेक्सीकोमा ४२४ जना, युकेमा १८१ जना, क्यानडामा ३९ जना, इरानमा १०७, चीलीमा २२२ जना, पाकिस्तानमा ८१, भारतमा ३२१ जना र रसियामा ११९ जनाको ज्यान गएको छ ।
नेपालमा थप १ जनाको कोरोना भाइरसको कारण निधन भएको छ ।
नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।
हालसम्म नेपालमा कुल संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ ।



क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस