काठमाडौंमा फेरि देखियो ५ जनामा कोरोना भाइरस
असार १ गते, २०७७।
काठमाडौंमा फेरि कोरोना भाइरसको संक्रमण देखिएको छ । सोमबार थपिएका ४५१ जना मध्ये ४ जना काठमाडौंका र ललितपूरका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गर्ने नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रबक्ता डा। जागेश्वर गौतमका अनुशार पछिल्लो २४ घन्टामा काठमाडौंका ४ र ललितपुरका १ जनालाई कोरोना पोजेटिभ पुष्टि भएको जानकारी दिएका हुन् ।
उनका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा ललितपुरको १ जना महिला र काठमाडौंका २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ जना पुरुषमा संक्रमण देखिएको हो । त्यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका थप १ जना पुरुषमा कोरोना संक्रमण देखिएको उनले बताए । योसँगै काठमाडौंमा संक्रमित हुनेको संख्या ३४ पुगेको छ भने ललितपुरमा ४ पुगेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस