काठमाडौंमा फेरि देखियो ५ जनामा कोरोना भाइरस

असार १ गते, २०७७।
काठमाडौंमा फेरि कोरोना भाइरसको संक्रमण देखिएको छ । सोमबार थपिएका ४५१ जना मध्ये ४ जना काठमाडौंका र ललितपूरका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गर्ने नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रबक्ता डा। जागेश्वर गौतमका अनुशार पछिल्लो २४ घन्टामा काठमाडौंका ४ र ललितपुरका १ जनालाई कोरोना पोजेटिभ पुष्टि भएको जानकारी दिएका हुन् ।
उनका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा ललितपुरको १ जना महिला र काठमाडौंका २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ जना पुरुषमा संक्रमण देखिएको हो । त्यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका थप १ जना पुरुषमा कोरोना संक्रमण देखिएको उनले बताए । योसँगै काठमाडौंमा संक्रमित हुनेको संख्या ३४ पुगेको छ भने ललितपुरमा ४ पुगेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस