• जीवनशैली | Jiwanshaili
  • स्वास्थ्य मन्त्रालय प्रेस ब्रिफिङः २४ घण्टा भित्र थप ३८० जनामा पुष्टि


    असार २ गते, मंगलबार

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २४ घण्टा भित्र थप ३८० जनामा कोराना भाइरसको संक्रमण देखिएको बताएको छ । स्वास्थ्य मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमले हाल सम्म ७ ओटा प्रदेश का ६ हजार ५ सय ९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । संक्रमित हुनेमा ६०९२ पुरुष र ४९९ महिला रहेका छन् । हालसम्म नेपालमा कोरोनाभाइरस ७३ जिल्लामा देखिएको छ । आज थप ११७ संक्रमित निको भएको छन् । यो संगै नेपालमा ११५९ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।

    नेपालमा हाल सम्म १ लाख ४३ हजार ७ सय ३८ जनामा पिसीआर टेष्ट गरिएका छ । विगत २४ घण्टा भित्र ५ हजार ५५ जनामा पिसिआर जाँच गरिएको छ । आरडीटी भने २ लाख ३३ हजार ५१९ जनामा टेष्ट गरिएको प्रबक्ता देवकोटाले बताए । विगत २४ घण्टा भित्र ४ हजार १८३ जनामा आरडीटी जाँच गरिएको छ ।

    हालसम्म देशभर १ लाख ३३ हजार ३०९ जना क्वारेनटाइनमा रहेकाछन् ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस