• जीवनशैली | Jiwanshaili
  • नेपालमा थप १ जनाकाे कोरोना को कारण मृत्यु, कुल संख्या २० पुग्याे


    असार ३ गते, बुधबार ।

    नेपालमा थप १ जनाको कोरोना भाइरसको कारण निधन भएको छ ।

    स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिलाको मृत्युपछि गरिएको पीसीआर चेकजाँचमा रिपोर्ट पोजेटिभ देखिएको हो । बाँकेका महिलाको कोरोनाबाट मृत्यु भएसंगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।

    हालसम्म नेपालमा कुल संक्रमितको संख्या ५ हजार १७७ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस