• जीवनशैली | Jiwanshaili
  • नेपालमा थप २ जनाकाे कोरोना को कारण मृत्यु, कुल संख्या २२ पुग्याे


    असार ४ गते, बिहीबार ।

    नेपालमा थप २ जनाको कोरोना भाइरसको कारण निधन भएको छ ।

    स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार प्रवक्ता गौतमका अनुसार कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। उनको कोरोना परीक्षणमा पोजेटिभ देखिएको छ ।

    त्यसैगरी  विहीबार नै कैलालीको लम्कीचुहाकी ४३ वर्षकी महिलाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको हो ।

    थप २ जनाको कोरोनाबाट मृत्यु भएसंगै विहीबार नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।

    हालसम्म नेपालमा कुल संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस