स्वास्थ्य मन्त्रालय प्रेस ब्रिफिङः शनिबार २४ घण्टा भित्र थप ३३१ जनामा पुष्टि
असार ६ गते, शनिबार ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २४ घण्टा भित्र थप ३३१ जनामा कोराना भाइरसको संक्रमण देखिएको बताएको छ । स्वास्थ्य मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमले हाल सम्म ७ ओटा प्रदेश का ८ हजार ६ सय ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । संक्रमित हुनेमा ७८४९ पुरुष र ७५६ महिला रहेका छन् । हालसम्म नेपालमा कोरोनाभाइरस ७३ जिल्लामा देखिएको छ । आज थप १७६ संक्रमित निको भएको छन् । यो संगै नेपालमा १५७८ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।
नेपालमा हाल सम्म १ लाख ६९ हजार १ सय ५६ जनामा पिसीआर टेष्ट गरिएका छ । विगत २४ घण्टा भित्र ७ हजार ४१६ जनामा पिसिआर जाँच गरिएको छ । आरडीटी भने २ लाख ७२ हजार ३०१जनामा टेष्ट गरिएको प्रबक्ता देवकोटाले बताए । विगत २४ घण्टा भित्र ४ हजार ४२६ जनामा आरडीटी जाँच गरिएको छ ।
हालसम्म देशभर १ लाख २ हजार २४५ जना क्वारेनटाइनमा रहेकाछन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस