कोरोना कहरः गएको २४ घण्टामा कहाँ के के भए? हेर्नुहोस् असार ७ गते (तालिका सहित)
असार ०७ गते, आइतबार ।
विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ८९ लाख पुगेको छ । आइतबार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ८९ लाख ८ हजार ३०३ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ४ लाख ६६ हजार पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ । एकै दिन १ लाख ५६ हजार ६७० जनामा यस भाइरसबाट संक्रमित भएका छन् । भने थप ४ हजार भन्दा बढीको मृत्यु भएको छ।
कोरोना भाइरसका कारण हिजो शनिबार एकै दिन भारतमा ३ सय ६०७ को मृत्यु भएको छ । यसै गरी ब्राजिलमा ९ सय ६८ , अमेरिकामा ५७२ जनाको मृत्यु भएको छ । यसै गरी इटलीमा ४९ जना, मेक्सीकोमा ६४७ जना, युकेमा ५७२ जना, इरानमा १२०, पेरुमा ११५ जना,क्यानडामा २०१ जना, चीलीमा २०२ जना, पाकिस्तानमा १५३, र रसियामा १६१ जनाको ज्यान गएको छ ।
नेपालमा शनिबार थप ३३१ जनामा कोराना भाइरसको संक्रमण देखिएको बताएको छ । स्वास्थ्य मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमले हाल सम्म ७ ओटा प्रदेश का ८ हजार ६ सय ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । संक्रमित हुनेमा ७८४९ पुरुष र ७५६ महिला रहेका छन् । हालसम्म नेपालमा कोरोनाभाइरस ७३ जिल्लामा देखिएको छ । आज थप १७६ संक्रमित निको भएको छन् । यो संगै नेपालमा १५७८ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।
हालसम्म देशभर १ लाख २ हजार २४५ जना क्वारेनटाइनमा रहेकाछन् ।



क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस