नेपाल कोरोना संक्रमणको चौथो चरणमा प्रवेश
कोरोना भाइरस संक्रमितको संख्या १० हजार नाघेसँगै नेपाल संक्रमणको चौथो चरणमा प्रवेश गरेको छ । स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजनाअनुसार सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ लागु गर्ने योजना बनाएको थियो ।
ऐनको दफा ३२ को उपदफा १ मा नेपालको कुनै ठाउँमा गम्भीर प्रकृतिको विपद् उत्पन्न भएकाले विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न आवश्यक देखिएमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो क्षेत्रको सिमाना र अवधि तोकी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने उल्लेख छ ।
यस्तै, स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजनामा कोभिड– १९ संक्रमित भएका र अन्य स्वास्थ्य सेवाको परामर्शका लागि टेलिमेडिसिन सेवा प्रयोगमा ल्याइने उल्लेख छ ।
नेपालमा कोरोना भाइरस संक्रमण फैलिएको १ सय ५० दिनको अवधिमा १० हजार ९९ जनालाई कोरोना पोजेटिभ देखिएको छ । संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो एक सातामा थप ३ हजार ५ सय आठ जनालाई संक्रमण देखिएको छ ।
तर, अस्तव्यस्त क्वारेन्टिन, खुकुलो लकडाउन, पिसिआर परीक्षणको दायरा फराकिलो बन्न नसक्नुलगायतका कारण जोखिम झन् बढेको विज्ञको दाबी छ । कुल संक्रमितमध्ये २४ जनाको ज्यान गएको छ । नेपालमा पहिलोपटक १० माघमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना भाइरस संक्रमणको स्रोत बन्दै गएका क्वारेन्टिनबाट दैनिक ६ हजार ७ सय बाहिरिने गरेका छन् । पछिल्लो एक सातामा क्वारेन्टिनबाट ६ हजार सात सय ४२ जना बाहिरिएका छन् ।
राजधानी डेली बाट
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस