कोरोना अपडेट विश्वभर संक्रमितको संख्या बढ्दै, २४ घण्टामा कहाँ के के भए? हेर्नुहोस् (असार १२ गते)
असार १२ गते,शुक्रबार।
विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ९६ लाख पुगेको छ ।मंगलबार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ९६ लाख ९९ हजार ५३२ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ४ लाख ९० हजार पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ । एकै दिन १ लाख ७६ हजार ८सय ६४ जना संक्रमित भएका छन् । हिजो १ लाख ६८ हजार ५५९ जनामा यस भाइरसबाट संक्रमित भएका थिए । बिहिबार थप ५ हजार १ सयको मृत्यु भएको छ।
कोरोना भाइरसका कारण हिजो बुधबार एकै दिन भारतमा ४ सय १ को मृत्यु भएको छ । यसै गरी ब्राजिलमा १ हजार १ सय ८०, अमेरिकामा ५ सय ९५ जनाको मृत्यु भएको छ । यसै गरी इटलीमा ३४ जना, मेक्सीकोमा ९ सय ४७ जना, युकेमा १सय ४९ जना, इरानमा १३४, पेरुमा १७५ जना,चिली १७२ जना, दक्षिण अफ्रिकामा ४१ , पाकिस्तानमा १ सय ४८, र रसियामा ९२ जनाको ज्यान गएको छ ।



क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस