• जीवनशैली | Jiwanshaili
  • स्वास्थ्य मन्त्रालय प्रेस ब्रिफिङः शुक्रबार २४ घण्टा भित्र थप ५९३ जनामा पुष्टि


    असार १२ गते, शुक्रबार ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २४ घण्टा भित्र थप ५९३ जनामा कोराना भाइरसको संक्रमण देखिएको बताएको छ । स्वास्थ्य मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमले हाल सम्म ७ ओटा प्रदेश का ११ हजार ७ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । संक्रमित हुनेमा १०५०६ पुरुष र १२४९ महिला रहेका छन् । हालसम्म नेपालमा कोरोनाभाइरस ७६ जिल्लामा देखिएको छ । आज थप ४८ संक्रमित निको भएको छन् । यो संगै नेपालमा २६९८ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।

    नेपालमा हाल सम्म २ लाख ६ हजार २ सय ७१ जनामा पिसीआर टेष्ट गरिएका छ । विगत २४ घण्टा भित्र ६ हजार ५३४ जनामा पिसिआर जाँच गरिएको छ । आरडीटी भने २ लाख ९० हजार ३४९ जनामा टेष्ट गरिएको प्रबक्ता देवकोटाले बताए । विगत २४ घण्टा भित्र २ हजार ४८६ जनामा आरडीटी जाँच गरिएको छ ।

    हालसम्म देशभर ७१ हजार १२ जना क्वारेनटाइनमा रहेकाछन् ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस