कोरोना अपडेट विश्वभर संक्रमितको संख्या बढ्दै, २४ घण्टामा कहाँ के के भए? हेर्नुहोस् (असार १३ गते)
असार १३ गते,शनिबार ।
विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या ९८ लाख पुगेको छ ।शनिबार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ९८ लाख ९८ हजार ८३ पुगेको हो । तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ४ लाख ९६ हजार पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ । एकै दिन १ लाख ९३ हजार ७२६ जना संक्रमित भएका छन् । हिजोमा यस भाइरसबाट १ लाख ७६ हजार ८ सय ६४ जना संक्रमित भएका थिए । शुक्रबार थप ४ हजार ८ सयको मृत्यु भएको छ।
कोरोना भाइरसका कारण हिजो बुधबार एकै दिन भारतमा ३ सय ८१ को मृत्यु भएको छ । यसै गरी ब्राजिलमा १ हजार ५५, अमेरिकामा ६ सय ५७ जनाको मृत्यु भएको छ । यसै गरी इटलीमा ३० जना, मेक्सीकोमा ७ सय ३६ जना, युकेमा १सय ८४ जना, इरानमा १०९, पेरुमा १७८ जना,चिली १६५ जना, दक्षिण अफ्रिकामा ४८ , पाकिस्तानमा ५९, र रसियामा १ सय ७६ जनाको ज्यान गएको छ ।
नेपालमा शुक्रबार थप १ जनामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गर्ने नियमित प्रेस ब्रिफिङका प्रबक्ता डा.जागेश्वर गौतमका अनुशार पछिल्लो २४ घन्टामा ५९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।
यो संगै नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।



क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस