• जीवनशैली | Jiwanshaili
  • गण्डकी प्रदेशमा थपिए ३२ जना कोरोना भाइरस सङ्क्रमित (विज्ञप्ति सहित)


    नेपालमा थप ३२ जना व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

    गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार बिहान थप ३२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको बताएको हो ।

    सङ्क्रमित हुनेमा बागलुङका ८ जना, स्याङ्जाका २२ जना, नवलपरासी पूर्वका २ जना रहेका छन् ।

    सङ्क्रमित हरूलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको बताइएको छ ।अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८३८ पुगेको छ ।

    प्रदेश क्षयरोग केन्द्र, पोखरा, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, दाङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परिक्षणमा थप ३२ जना संक्रमित फेला परेका हुन् ।

    No photo description available.

    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस